s
Year of Publication: 13 June 2022 | Naya Patrika
Published by: CESLAM
सत्तारुढ नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरहरूलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। एनटियुसीले आइतबारदेदि काठमाडौंमा सुरु हुन लागेको आफ्नो छैठौँ राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग सो माग राखेको हो।
पत्रकार सम्मेलनमा बोल्दै एनटियुसीका अध्यक्ष पुस्कर आचार्यले सरकारले तत्काल सो माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै आपत्ति जनाएका छन्।
‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारको निष्क्रियता देखिएको छ। यो हाम्रो लागि आपत्तिजनक विषय हो। हाम्रो यो कन्फरेन्समा सामाजिक सुरक्षा योजनाको विषयलाई आन्दोलनको विषय बनाउनुपर्ने देखिएको छ। यो मुलुकमा कानुन लागू गर्न पनि सरकारसँग आन्दोलनको मुद्दा बनाउनुपर्ने स्थिति छ। विशेष गरेर स्वरोजगार र असंगठित क्षेत्रमा रहेका मजदुरहरूलाई सो योजनाको दायरामा ल्याउनका लागि आन्दोलनको आँधीबेहरी उठाउनुपर्ने अवस्था छ। हाम्रो यो सम्मेलनमा त्यस विषयमा काम अघि बढाउनेछ,’ उनले भने।
GET IN TOUCH