s

वार्षिक ४ लाखलाई रोजगारी उपलब्ध गराउन चुनौतीपूर्णः आर्थिक सर्वेक्षण

Year of Publication: 29 May 2021 | Setopati

Published by: CESLAM

आर्थिक सर्वेक्षण २०७७/०७८ ले वार्षिक ४ लाख ६८ हजार जनशक्तिलाई रोजगार तथा स्वरोजगार बनाउनु चुनौतीपूर्ण रहेको औँल्याएको छ।

कोरोना महामारीका कारण नेपालको आन्तरिक तथा वैदेशिक श्रम बजारमा प्रत्यक्ष असर परेकाले सार्वजनिक, निजि तथा सहकारी क्षेत्रमा लक्षित रोजगारी सिर्जना गर्न चुनौतीपूर्ण रहेको औँल्याएको हो।

सरकारले सार्वजनिक क्षेत्रमा ३३ हजार, निजी क्षेत्रमा ३ लाख ५० हजार र सहकारी क्षेत्रमा ८५ हजार व्यक्तिलाई वार्षिक रोजगारी तथा स्वरोजगारी उपलब्ध गराउने लक्ष्य अघि सारेको थियो। 

आन्तरिक रोजगारी प्रवद्र्धन गर्दै बाध्यकारी वैदेशिक रोजगारीलाई ५ वर्षभित्रमा अन्त्य गर्ने लक्ष्य समेत सरकारको थियो। सोही अनुसार सरकारले विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम रोजगारी उपलब्ध गराउने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको छ।

सो कार्यक्रममार्फत पनि सबै विपन्न बेरोजगार युवाहरु लाभान्वित हुन सकेका छैनन्। 

चालु आर्थिक वर्ष (२०७७÷०७८) मा सो कार्यक्रम अन्तर्गत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगार सूचीकृत भएका थिए। ति मध्ये फागुनसम्म ३३ हजार ७ सय ५३ जनाले मात्रै रोजगारी प्राप्त गरेको सर्वेक्षणले उल्लेख गरेको छ।

गत आर्थिक वर्षमा पनि रोजगारीको माग गर्दै ३ लाखभन्दा बढीले आवेदन दिएका थिए। जसमध्ये करिब १ लाखले रोजगारी पाएको सर्वेक्षणले जनाएको छ।

Published on: 29 May 2021 | Setopati

Link

Back to list

;