s

वेरोजगारलाई खैरहनी नगरपालिकाले काम दिने

Year of Publication: 31 May 2019 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका बेरोजगारहरुलाई काम दिने भएको छ । नगरपालिकाको वेरोजगार सूचीमा सूचीकृत भएका व्यक्तिलाई सार्वजनिक विकास निर्माणको काममा सहभागीता गराउने योजना नगरपालिकाले अगाडि सारेको छ । त्यसका लागि नगरपालिकाले स्थायी वसोवास गर्ने सम्वन्धित वडामा गई नाम दर्ता गर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।

वेरोजगारले जेठ २१ गते भित्र वडा कार्यालयमा गएर नाम दर्ता गराउन सक्ने शर्माले बताए । यसरी सूचिकृत भएकाहरुलाई नगरपालिकाको विकास निर्माणमा काममा लगाइने र सरकारी दररेट अनुसार पारिश्रमिक दिइने छ । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार बेरोजारमा सुचीकृत भएकाहरुले सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामिण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन तथा अन्य श्रम प्रधान आयोजनामा काम गर्न पाउनेछन् ।चालु आर्थिक वर्ष भित्र एक महिनाका लागि उनीहरुले काम गर्न पाउनेछन् । कामको अवधि दैनिक ८ घण्टा तोकिएको छ ।

जसबाट उनीहरुले दैनिक ६ सय ३० रुपैया प्राप्त गर्नेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नगरपालिकाले वेरोजगारको सुचीमा नाम दर्ता गराएकाहरुलाई चालु आर्थिक वर्षमा एक महिनाका लागि सार्वजनिक विकास निर्माणको काममा रोजगार दिन लागेको खैरहनीका मेयर लालमणी चौधरीले बताए । खैरहनी नगरपालिकामा अहिलेसम्म ८ सय ९१ जनाले वेरोजगारको फारम भरेका छन् । नगरपालिकाको वडा नम्वर ३ मा सवैभन्दा धेरै १६४ जनाले र सबैभन्दा कम वडा नम्वर ८ मा १५ जनाले रोजगारीका लागि निवेदन दिएको नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए ।

Published on: 31 May 2019 | Onlinekhabar

Back to list

;