s

बेरोजगारलाई तालिम

Year of Publication: 17 May 2019 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालिम सुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालिम सुरु भएको हो।
 
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्ष उमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालिम आयोजना गरिएको छ। चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागार्इंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादन गर्न तालिम आयोजना गरिएको बताए। तालिममा पाँच महिलासहित २० युवाको सहभागिता छ।
 
Published on: 17 May 2019 | Nagarik

Back to list

;