s
Year of Publication: 1 December 2019 | Kantipur
Published by: CESLAM
लालप्रसाद शर्मा
सडक खन्ने क्रममा पुरिएका ५ कामदारको शव आइतबार निकालिएको छ । पोखरा महानगरपालिका–२० मौजास्थित बिसौना भन्ने स्थानमा सडक स्तरोन्नति गर्ने क्रममा शनिबार बिहान माथिबाट सुख्खा पहिरो आएर उनीहरु पुरिएका थिए ।
मृतक र बेपत्ता सबै सल्यान बागचौर नगरपालिका–४ पेदीखोलाका स्थायी बासिन्दा रहेका वडाध्यक्ष सीम गुरुङले बताएका छन्। मृत्यु हुनेमा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी छन्।
मनिपाल–र्यालेचौर–मौजा–बिसौना–सिकलेस– मनाङ सडक खण्डअन्तर्गत रिटेनिङ वाल बनाउने क्रममा माथिबाट सुख्खा पहिरो गएर उनीहरु पुरिएका थिए। सँगै काम गरेका खिमलाल भने भागेर बच्न सफल भएका छन्। उनले माथिबाट ढिस्को खसेको देखेपछि अरुलाई पनि भाग्न भन्दै आफू भागेका थिए।
सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको थियो।
GET IN TOUCH