s

गरिबीकै कारण घरेलु काममा

Year of Publication: 13 June 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

गरिबीकै कारण काठमाडौं उपत्यकामा घरेलु बालश्रमिकका रूपमा बालबालिकाहरू काम गर्न बाध्य भएको एक तथ्यांकले देखाएको छ । बालअधिकारका क्षेत्रमा कार्यरत संस्था सिबिसले उपत्यकामा घरेलु बालश्रमिकको अवस्थाबारे गरेको अध्ययनले गरिबी मुख्य कारण रहेको देखाएको हो । जसअन्तर्गत सिबिसले आफ्नो सम्पर्कमा आएका तीन सय ४७ बालश्रमिकलाई प्रत्यक्ष भेटी सोधपुछ गरेको थियो । सिबिसले आफैंले सञ्चालन गरिरहेको कोटेश्वर, चावहिल, धुम्बाराही, कपनलगायत २० ठाउँका 'अनौपचारिक शिक्षा केन्द्र'मा आएका बालबालिकालाई भेटी अध्ययन गरेको हो । उपत्यकाका ३ सय ४७ बालबालिकामा गरेको सर्वेक्षणले ५८ प्रतिशत बालबालिका गरिबीका कारण घरेलु श्रममा कार्यरत रहेको पाइएको हो । १८ प्रतिशत बालबालिकाले भने पढ्न पाउने आशामा काम गर्न बाध्य भएको बताएका थिए । 'जसमध्ये २१ जना निराक्षर, एक सय १२ जना साक्षर, एक सय ९० जना प्राथमिक शिक्षा, २२ जना निम्न माध्यमिक र दुईजना माध्यमिक तहमा अध्ययन गरिरहेको पाइएको छ,' प्रतिवेदनमा उल्लेख छ, 'सबैभन्दा बढी ८६.७४ प्रतिशत बालबालिका दसदेखि १४ वर्षका छन् भने पाँचदेखि नौ वर्षका ६.६३ प्रतिशत बालबालिका घरेलु श्रमिकका रूपमा कार्यरत छन् ।'

Published on: 13 June 2013 | Kantipur

Back to list

;