s

इँटा भट्टामा बाल स्याहार

Year of Publication: 6 February 2015 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

ललितपुरको श्री छम्पीमाई इँटा उद्योग परिसरमा मजदुरका बालबालिकाका लागि बालविकास तथा सिकाइ केन्द्र स्थापनाले रेखदेखको व्यवस्था मिलाएको छ। विगतमा इँटाभट्टामा नानीहरुलाई काखी च्यापेर जोखिम मोलेर काम गर्ने मजदुर सोमबार निर्धक्क भएर काम गरिरहेका थिए।

उनीहरुको काखे नानी काखमा थिएनन्। नानीहरु उनीहरु काम गर्ने ठाउँछेवै स्थापित बालविकास तथा सिकाइ केन्द्रमा मस्तसँग खेलिरहेका थिए। कोही नानी आराम गरिरहेका थिए। तीनकोठे बालविकास तथा सिकाइ केन्द्र छम्पीमाई इँटा उद्योग र ग्लोबल फेयरनेस गैरसरकारी संस्थाको सहकार्यमा स्थापना गरिएको छ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी सोमबार एक कार्यक्रमबीच बाल विकास केन्द्र उद्घाटन गरे। बालविकास केन्द्र स्थापनाले आफ्ना नानी सुरक्षित भएको महसुस गरेकी छन् कल्पना परियारले। परियार दुई वर्षदेखि इँटाभट्टामा इँटा बोक्ने काम गर्दै आएकी छन्। उनका श्रीमान माटो पेल्ने काम गर्छन्। 

‘काखे नानी च्यापेर इँटा बोक्दा नानीलाई चोटपटक र घाउ लाग्ने डर हुन्थ्यो,' दाङकी परियारले नागरिकसँग भनिन्, ‘शुक्रबारदेख सञ्चालनमा आएको बालविकास केन्द्रमा नानी राखेर म चिन्तामुक्त भई काम गरिरहेकी छु।'

नानी लिएर इँटाभट्टामा काम गर्दा नानीलाई धुवाँधुलोले रुघाखोकी लाग्ने, आँखा चिलाउने रोग लागिरहने पूजा घिमिरेले जनाइन्। उनले आफ्ना १८ महिनाको नानीलाई बालविकास केन्द्रमा राखेपछि स्याहार र खानेकुरा समेत राम्रो पाएकोमा खुसी व्यक्त गरिन्।
‘मजदुरका नानीलाई निःशुल्क स्याहारसुसार र रेखदेखको व्यवस्थाले हामी निकै हर्षित छौं,' दिउँसो आफ्ना नानीलाई दूध चुसाउन केन्द्रमा आएकी पूजाले भनिन्, ‘शुक्रबारदेखि केन्द्रमा राखेपछि नानीको रुघा पनि कम भएको छ।'

बालविकास केन्द्रमा निःशुल्क स्याहारसुसारको व्यवस्था छम्पी इँटा उद्योगले नै मिलाइदिएको हो। उद्योगले बालबालिकाका तीन टाइम खानकीको व्यवस्थासमेत गरेको छ। बालविकास केन्द्रलाई शैक्षिक र प्राविधिक व्यवस्थापनको जिम्मेवारी ग्लोबल फेयरनेसले लिएको छ।

‘१४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध हो,' इँटा उद्योगवरिपरि झुन्ड्याइएको बोर्डमा लेखिएको छ, ‘बालश्रम निषेधित क्षेत्र श्रीछम्पीमाई इँटा उद्योग।' अर्को बोर्डमा लेखिएको छ, ‘बालश्रम प्रयोग नगरौं, बालबालिकालाई विद्यालय पठाऔं।' 

सोमबार इँटा उद्योग परिसरमा कार्यरत मजदुरलाई बालबालिकालाई शिक्षाबारे कार्यक्रममा मजदुरहरु स्वस्फुर्त सहभागी भए। ‘नानीहरुलाई स्कुलमा भर्ना गराइदिने सूचना पाएर म बुझ्न आएकी हुँ,' ३४ वर्षीय दिलकुमारी परियारले भनिन्, ‘रोल्पामा कक्षा १ मा छोरी पढ्थिन्। तर कामको सिलसिलामा हामी बूढाबूढी यता आएकाले उसको पढाइ ६ महिनादेखि बिग्रिरहेको छ।'

इँटाभट्टामा ५ सय मजदुर काम गर्छन्। जसको ५ वर्षमुनिका ४० बालबालिका र ६ देखि १४ वर्ष उमेर समूहका स्कुल जाने उमेरका ५३ बालबालिका छन्। यसैगरी १५–१६ वर्ष उमेरका २ बालबालिका रहेको छम्पीमाई इँटा उद्योगले जनाएको छ। 

ग्लोबल फेयरनेसले हाल ब्रिज स्कुलको अवधारणा अन्तर्गत चार जिल्ला भक्तपुर, ललितपुर, रुपन्देही र सर्लाहीका ५ इँटाभट्टामा ५ वर्षमुनिका बालबालिकाका लागि बाल विकास केन्द्र, ६–१४ वर्ष उमेरका बालबालिकाका लागि सिकाइ केन्द्र र विद्यालय सहयोग कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष होमराज आचार्यले जनाए। 

ग्लोबल फेयरनेसका अध्यक्ष होमराज आचार्यले ईटा उद्योगमा सिजनको ६ महिनाकोलागि मात्र मजदूरहरु काम गर्न आउँदा परिवारैसाथ आउने भएकोले तिको बालबालिको ६ महिना शिक्षा सुरक्षित गर्न बालबाविकाशसाथै विद्यालय शिक्षाको समेत प्रत्याभूति गराउन स्थानिय छम्पीमाई उच्चमाविसँग ब्रिजस्कुलको अवधारणा अन्गर्तत काम सुरु गर्ने सहमति भएको जनाए। 

‘ब्रिज स्कुल अन्तर्गत ६ महिना आफनो स्थायी स्थानमा अध्ययन गरेका बालबालिको शिक्षा प्रत्याभूति गराउन हामीले छम्पीमाई स्कुलसँग सहकार्य अघि बढाएका छौं,'अध्यक्ष अचार्यले भने‘ईटा भट्टाहरुमा सिजनल बसाईसराई गरी आउने कामदारका बालबालिकालाई छम्पीमाईले सोहि कक्षामा भर्ना गरी पढाउने बातावरण मिलउँछ। त्यसपछि ति बालबालिकाहरु पून गाउको विद्यालयमा गएर पढ्न र परीक्षामा सहभागिता जनाउन सकुन् भन्ने उदेश्यले छम्पीमाई उमाविले चिठि लेखोर दिने छने।'उनले थपे‘बृज स्कुल अवधारणा अर्न्गतनै हामीले मोवाइल शिक्षको समेत ब्यवस्था मिलाउने छौं।'

ईटा उद्योगका मजदूरहरुको बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्न घुम्ती विद्यालय र घुम्ति शिक्षकको अवधारणालाई समेत अगाडी बढाउन शिक्षा मन्त्रालय ,विभागसँग समन्यको कुरा अघि बढाइएको छ। 

छम्पीमाई उमाविका प्राचार्य सुरज गौतमले बालबालिकाको ब्यक्तित्व निर्धारण गर्न शिक्षानै मुख्य विषय भएकोले आफनो स्कुलमा ईटाभट्टामा काम गर्ने बालबालिकाको पढ्ने बातावरण मिलाउने प्रतिबद्धता जनाए।

‘न्यानो बातावरण र उचित ब्यवस्थापनमा छम्पीमाई उमाविले मजदूरको बालबालिको पढ्ने अधिकार सुरक्षित गर्ने प्रतिबद्धता गछर्ुु' ,प्राचार्य गौतमले भने‘हमा्रो स्कुल साधन र स्रोत सम्पन्न छ। हाम्रो स्कुलले सिजनल विद्यार्थीलाई ६ महिना पढाएर स्थानिय स्कुलमा भर्ना र परीक्षाको ब्यवस्था मिलाउन चिठि समेत बनाइ दिन्छ।'

ललितपुर जिल्ला शिक्षा कार्यालयका सहायक शिक्षा अधिकारी खेमनाथ पोखरेलले सरकारको आँखा नपुगेको ठाउ ईटा उद्योग रहेका जनाउँदै पोखरेलले ईटा उद्योग र ग्लोबल फेयरनेसले गरेको कार्यको सहराना गरे। ‘सबै तिर सरकारको आँखा पुग्न सक्दैन,'उनले भने‘उद्योग र संस्था मिलि मजदूरको बालबालिकाहरुको शैक्षिक अधिकार सुरक्षित गर्ने अभियान निकै प्रसंसनिय छ। जिल्लाले हातेमालो गरी अघि बढ्छ।'

छम्पीमाई ईटा उद्योगका अध्यक्ष मंगलकृष्ण महर्जनले आफुले मजदूरहरुसँग छलफल गर्दा उनीहरुको बालबालिकाको शिक्षा र स्वास्थ्यको समस्या देखेकोले आफुले पहल गरी बालविकास तथा सिकाई केन्द्रको स्थापना गर्ने निर्णय गरेको बताए। उनले स्कुल जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहुन् भन्ने लक्ष्यसहित उद्योगलाई बालश्रम निषेधित क्षेत्र समेत बनाएको स्पष्ट पारे।

‘काम गर्दै जाद हाम्रा मजदुरकै बालबालिका लथालिङ भएको पाए,'महर्जनले सुनाए‘हाम्रो जग्गामै र आफैले बालविकाश केन्द्र स्थापना गर्दा दिगो हुन्छ। बालबालिका दुर्घटनाबाट बच्छन्।' 

केन्द्रीय बाल कल्याण समीतिका अध्यक्ष गिरीले उद्योगले गरेको कामको प्रसंसा गर्दै यस्तो सकरात्मक कार्य अन्य ईटा उद्योग ब्यवसायीहरुले समेत अनुसरण गरे सबैकोलागि शिक्षा कार्यक्रम सफल हुने जनाए।

Published on: 6 February 2015 | Nagarik

Back to list

;