s

नेपाली श्रम बजारमा प्रतिदिन ६५८ नयाँ रोजगारी आवश्यक

Year of Publication: 17 April 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

सरकारले नेपाली श्रम बजारमा प्रतिदिन ६ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औंल्याएको छ।
 
विश्व बैंकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारी दिनको लागि वार्षीक २ लाख ४० हजार नयाँ रोजगारी सिर्जना हुनुपर्ने जनाएको खबर आजको कारोबार दैनिकले छापेको छ।
 
बैंकको प्रतिवेदनअनुसार नेपाल सरकारले प्रतिदिन ६ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने चुनौती देखिन्छ।
 
विश्व बैंकले सोमबार प्रकाशन गरेको रोजगारीविनाको वृद्धि प्रतिवेदनअनुसार विश्वका विकसित मुलुकले झैं उच्च रोजगारी सिर्जना गर्न आर्थिक वृद्धिले मात्र पुग्दैन।
 
सन् २०२५ सम्ममा मासिक रुपमा दक्षिण एशियाका १८ लाख युवा काम गर्ने उमेरमा परिपक्व हुँदै जाने र यस क्षेत्रमा आर्थिक वृद्धिदरको कारण रोजगारी सिर्जनादर राम्रो भएको टिप्पणी पनि विश्वबैंकले गरेको छ।
 
तर काम गर्ने उमेर समूहका युवाको जनसंख्या अत्यधिक रुपमा बढिरहेको परिप्रेक्षमा आर्थिक वृद्धिले मात्र रोजगारी सिर्जना गर्न मद्दत गर्न नसक्ने पनि प्रतिवेदनमा उल्लेख छ।
 
Published on: 17 April 2018 | Setopati

Back to list

;