s

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब बजेट, दुई लाखलाई १०० दिनको रोजगारी

Year of Publication: 29 May 2024 | Setopati

Published by: CESLAM

अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा करिब दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई सार्वजनिक मर्मत सम्भारका कार्यक्रममा सहभागी गराइने पनि उनले बताए।

आगामी आर्थिक वर्ष यो कार्यक्रमका लागि सरकारले ६ अर्ब बजेट विनियोजन गरेको छ।

त्यस्तै श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाइ स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिने उनले बताए। सामाजिक सम्वादमार्फत् असल श्रम सम्बन्ध विकास गरिने उल्लेख गरे।

रोजगार बैंकको स्थापना गरी रोजगार सम्बन्धी सूचना संकलन गर्ने योजना पनि सरकारले अघि सारेको छ।

श्रमिक सम्बन्धी गुनासो र देखिएका समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सञ्चालन गरिने पनि पुनले बताए।

Published on: 29 May 2024 | Setopati

Link

Back to list

;