s
Year of Publication: 5 June 2019 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
भद्रपुर नगरपालिकाले झापामा पहिलो पटक प्रधामन्त्री रोजगार कार्यक्रम सुरुवात गरेको छ । नगरपालिकाको सभाहल भद्रपुरमा बुधबार आयोजित कार्यक्रममा रोजगार कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रमअन्तर्गत छनोट भएकाहरूले बुधबारदेखि काम थालेका हुन्। कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका महिला १२ सय ४० र पुरुष ७१७ सहित जम्मा १९ सय ५७ जनाले दरखास्त दिएका थिए। ती मध्ये पहिलो चरणमा १४९ जना छनोट गरिएको नगरपालिकाका कार्यकारी अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए। छानिएका कामदारले दिनको ५१७ रुपैयाँका दरले हाजिरा पाउने छन्। उनीहरूलाई भद्रपुरका १० वटा वडामा आवश्यक्ता अनुसार काममा खटाइने रोजगार समिति संयोजक टिकाराम पाण्डेले बताए। उनका अनुसार नगर सरसफाई, सडक निर्माण, वृक्षारोपण, विद्यालय भवन स्तरोन्नति लगायत काममा उनीहरूलाई खटाइने छ।
Published on: 5 June 2019 | Annapurna Post
GET IN TOUCH