s

प्रत्येक स्थानीय तहमा चार सय युवालाई रोजगारी दिनेछौं : मन्त्री विष्ट

Year of Publication: 17 April 2019 | Naya Patrika

Publication Type: NEWS

Published by: CESLAM

टोपलाल अर्याल
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रत्येक स्थानीय तहमा कम्तिमा चार सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्ने बताए । बागलुङको खर्बाङमा बडिगाड खोलामा पहिलो पटक र्‍याफ्टिङ उद्घाटन गर्दै मन्त्री विष्टले सरकारले जहाँ जे को सम्भावना छ त्यँही काम गरी देशलाई सम्मृद्धि तिर लैजान लागेको बताए । 
 
बडिगाडमा डुङ्गा चलाए जस्तै काठमाडौंमा रेल चलाउने गरी तयारी गरिरहेको मन्त्री विष्टले बताए । उनले मुलुक कै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाडमा र्‍याफ्टिङ गराएर फर्काउने गरि योजना बनाउनु पर्ने बताए। मन्त्री विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदिको भरपूर प्रयोग हुनुपर्नेमा जोड दिए ।
 
आगामी बजेटको सन्दर्भमा बोल्दै मन्त्री विष्टले सामाजिक सुरक्षाको दायरा बढाउदै लैजाने, बृद्धवृद्धाको भत्ता बढाउने बताए । कानुनी हिसाबले २०८२ सालपछि कोही पनि भोको नरहने, परिवार आवासविहीन नहुने, काही पनि पढ्न, स्वास्थ्य सेवाबाट बञ्चित नहुने गरी कानून तयार भइसकेको भन्दै मन्त्री विष्टले सरकार सामाजिक न्यायका हिसाबले अगाडि बढेको बताए । 
 
गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिकाको बीचमा बग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम रिसोर्ट प्रालिले र्याफ्टिङ चलाउन लागेको हो । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ । कार्यक्रमपछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्बाङबाट र्‍याफ्टिङ चढी गुल्मीको झेंदिसम्म पुगी त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गरेका थिए ।

Published on: 17 April 2019 | Naya Patrika

Back to list

;