s

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

Year of Publication: 30 June 2019 | Setopati

Published by: CESLAM

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ।स्वदेशमै रोजगारीको अवसरहरु पहिचान गरी दिगो रोजगारी श्रृजना गर्न सम्मेलन गर्नलागिएको हो।सम्मेलनमा सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकाश साझेदारहरु र गैर सरकारी संस्थाहरुको सहभागिता रहने छ।

आन्तरिक रोजगारी श्रृजनाका उपायहरु पहिचान गरी नीति सुधार तथा कार्यान्वयन पक्षको सुदृढिकरणको लागि साझा धारण विकाश गर्ने अभिप्रायले राष्ट्रिय सम्मेलन सुरु गरिएको सरकारले जनाएको छ। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रम गर्न रुचाउने जनता भएको बताउँदै आकर्षक रोजगारीको सिर्जना गर्नुपर्ने बताए।

‘श्रम गर्न रुचाउने जनता भएको देश हो हाम्रो। वैदेशिक रोजगारीमा पनि इमान्दारिताको कारण नेपाली कामदारहरु छनोटमा पर्छन्’, उनले भने, ‘रोजगारी मात्रै होइन, आकर्षक रोजगारीको सिर्जना गर्नुपर्छ।’श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले हरेक वर्ष ५ लाख जाना श्रम बजारमा प्रवेश गर्ने हुनाले त्यही अनुसार रोजगारीको दायरा बढाउनु पर्ने बताए।‘दुनियाँ बदलिएको छ। प्रविधिको विकाशले रोजगारीको सम्भावना पनि बढाएको छ। हामीले पनि त्यही सामथ्र्य बढाउनु पर्छ।’

Published on: 30 June 2019 | Setopati

Back to list

;