s

श्रमिकको न्यूनतम ज्याला न्यायोचित बनाउन माग

Year of Publication: 13 July 2023 | Naya Patrika

Published by: CESLAM

जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढंगले निर्धारण गर्न माग गरेको छ।

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरूको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरूले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासंघका अध्यक्ष अर्जुन लम्सालले बताए।

उनले भने, ‘न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरूको अधिकारको विषय हो, ट्रेड युनियनहरूले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने वेला भएको छ।’

समाजवादउन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसपटक श्रमिकहरूको ज्याला निर्धारण गर्दा कम्तीमा रु २७ हजार हुनुपर्ने महासंघको माग रहेको छ।

Published on: 13 July 2023 | Naya Patrika

Link

Back to list

;