s
Year of Publication: 29 May 2018 | Nagarik
Publication Type: NEWS
Published by: CESLAM
रुद्र खड्का

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो। उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंकमार्फत पारिश्रमिक पाउने व्यवस्थाले श्रमिक ठगीमा पर्न सक्ने सम्भावना अन्त्य भएको बताए। मन्त्रिपरिषद्ले पास गरेको श्रम नियमावलीले हरेक उद्योग, प्रतिष्ठानले व्यवसायजन्य सुरक्षामा समेत जोड दिएको छ। कामदारको कार्यस्थलमा हुने दुर्घटना, मेसिनरी यन्त्र उपकरण सञ्चालन गर्दा सावधानी अपनाउने व्यवस्था उद्योग, प्रतिष्ठानले मिलाउनु पर्नेछ।
GET IN TOUCH