s
Year of Publication: 26 July 2013 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
नतिजाको पखाईमा रहेका विद्यार्थी आफ्नो भविष्यप्रति चिन्तित छन् । स्नातकभन्दा पनि प्लस टु सकाएका विद्यार्थीमा कुन विषय पढ्दा सहजै जागिर पाइन्छ ? कुन संकाय अध्ययन गर्दा आपनो भविष्य सुरक्षित हुन्छ ? भन्ने अन्योलमा छन् । विद्यार्थीमात्रै नभई उनका अभिभावक पनि आफ्ना सन्तानलाई स्वदेश वा विदेश कहाँ अध्ययन गराउने भन्ने दोधारमा छन् । कतिपय अभिभावकलाई स्वदेशमै अध्ययन गराउँदा आफ्ना छोराछोरीले खोजेजस्तो कलेज होला/नहोला ? भन्ने सोचाइ होला । विदेशमा जाँदा पनि कुन देशमा अध्ययन गराउँदा अवसर राम्रो पाइन्छ ? विदेश जानुअघि के गर्ने भन्ने कौतुहल होला । विद्यार्थी र अभिभावकको उच्च शिक्षा अध्ययनसम्बन्धी कौतुहल मेटाउन शुक्रबारदेखि भृकुटीमण्डपमा 'दि काठमाण्डू पोस्ट करिअर एडु फेयर-२०१३' हुँदै छ ।
प्लस टु र स्नातक तहको नतिजाको पखाईमा रहेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी दैनिक दि काठमाण्डू पोस्ट र ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टरको संयुक्त आयोजनामा शैक्षकि मेला हुन लागेको आयोजकले जनाएको छ ।
उच्च शिक्षाका लागि उचित शैक्षकि गन्तव्यको खोजीमा रहेका विद्यार्थीका मेलाले सहयोग गर्ने आयोजक ग्लोबल सेन्टरकी एडमसन कोर्डिनटेर निता योगीले बताइन् । एउटै छानामा स्वदेश र विदेशका गुणस्तरीय कलेज छान्न सकिने उनले बताइन् । 'नतिजा आउने बेला भएको छ । आफू कस्तो कलेजमा अध्ययन गर्न चाहेको हो ? त्यहीअनुसार छनोट गर्न सकियोस् भनेर मेला आयोजना गरिएको हो,' उनले भनिन्, 'कुन विषय अध्ययन गर्दा राम्रो हुन्छ भन्ने सुझाव करिअर काउन्सिलिङ हुन्छ ।' त्यस्तै कुन विषय पढ्दा कहाँ र कस्तो जागिर पाइन्छ ? भन्ने जानकारीसमेत लिन सकिन्छ । मेलामा आफूले पढेको विषयको रोजगारीको अवस्थासमेत सकिन्छ । काउन्सेलिङका लागि विभिन्न कम्पनीले स्टलको व्यवस्था गरेको छ ।
दि बि्रटिस कलेजका मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले यो मेला अन्यभन्दा फरक भएकोले सबैले एकपटक अवलोकन गर्नै पर्ने बताउँछन् । आफ्नो भविष्य बनाउने, कलेज छनोटका साथै दैनिक हुने लाइभ कन्सर्टबाट मनोरञ्जनसमेत लिन सकिने उनी बताउँछन् । मेलामा आफूसँग भएको पुरानो पुस्तक साटेर मन पर्ने अर्को पुस्तक लिन सकिन्छ । ११ र १२ को पुस्तक बुझाएपछि स्नातक तहको पुस्तक साट्न सकिन्छ । मेलामा आएका विद्यार्थीले कलेज हेर्न जान चाहेमा यस्तो व्यवस्था पनि रहेको उनले बताए ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक पंकज जलानले मेलाले विद्यार्थीमा उच्च शिक्षा अध्ययन गर्न दिमागमा खेलेको कौतुहलता मेटाउने बताए । मेला कलेज छनोटको अवसर भएको उनको बुझाई छ । 'प्रत्येक कलेजमा गएर बुझ्न सम्भव हुँदैन । कति दिनसम्म कलेज छान्ने ? समय लाग्न सक्छ,' उनी भन्छन्, 'तर, मेलामा केही घन्टामै आफूले खोजेको कस्तो कलेज हो ? सबै थाहा पाउन सकिन्छ ।' मेलाबाहेक अन्य बेला कलेजको वातारण बुझ्नुपर्यो भने एक दिनमा बढीमा ५ भन्दा बढी कलेज जान सम्भव हुँदैन । अझ यो मेलाको मुख्य आकर्षण स्वदेशी तथा विदेशी कलेजको जानकारी लिन पाइन्छ । 'एकै ठाउँमा कुन कलेजको के विशेषता के हो ? छान्न र छलफल गर्न पाइन्छ,' जलानले भने, 'अभिभावक र विद्यार्थीले मेलामा हेरेको कलेजलाई छनोट गरेर पुनः पछि विस्तृत बुभmन जान सकिन्छ ।'
मेलामा विदेशमा जानुअघि गर्नुपर्ने प्रक्रियाको जानकारी दिन परामर्श केन्द्रको स्टल पनि हुनेछ । त्यस्तै, नेपालका नाम चलेका सबैजसो कलेजका स्टल हुनेछन् । विदेशबाट सम्बन्धन लिएर नेपालमा कलेज सञ्चालन भएका कलेजका सञ्चालकसँग विद्यार्थीले परामर्श लिन सक्नेछन् । विदेश जान चाहने विद्यार्थीले भिसाको समस्या खेप्नुपर्छ । भिसाको समस्या र आफू अध्ययन गर्न चाहेको देशको दूतावासका अधिकारीसँग प्रत्यक्ष सोधपुछसमेत गर्न सकिने व्यवस्था गरेको आयोजकले जनाएको छ । विद्यार्थीलाई आफूले कसरी भविष्य बनाउने भन्ने जानकारी दिन प्रतिष्ठित व्यक्ति आउने छन् । 'छुट्टीको बेला छ पढाइको मात्रै तनाव लिनु हुँदैन,' जलान भन्छन्, 'आपmनो भविष्यबारे जानकारी लिन सकिने यस्तो मेला एकपटक अवलोकन गर्नुपर्छ । मेलामा कोर्स र करिअर काउन्सेलिङ हुन्छ ।
मेलाको आकर्षण
एउटै छानामुनि आफूले चाहेको कलेज छनोट गर्न सकिने
दूतावासका अधिकारीसँग छलफल गर्न सकिने
आफूसँग भएको पुरानो पुस्तक दिएर आवश्यक पुस्तक लिन सकिने
कलेज अवलोकन गर्न सकिने
क्षमताअनुसारको जागिर खोज्न सकिने
व्यक्तित्व र करिअर काउन्सेलिङ
कलेजका पूर्वविद्यार्थी, संगठनहरूको भेटघाट
लक्की ड्रमार्फत पुरस्कारको व्यवस्था
सांगीतिक कार्यक्रम
भृकुटीमण्डप जाऔं
दि काठमाण्डू पोस्ट करिअर एडु फेयर-२०१३ शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपको हलमा हुँदै छ । दि काठमाण्डू पोस्ट र ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टरको संयुक्त आयोजनामा हुने शैक्षकि मेला प्लस टु र स्नातक तह परीक्षा दिएर उच्च शिक्षाका लागि उचित शैक्षकि गन्तव्यको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गरेर गरिएको आयोजकले जनाएको छ । उच्च शिक्षा स्वदेशमै या विदेशमा जान चाहनेका निम्ति आवश्यक विश्वसनीय पूर्वजानकारी दिन शैक्षकि प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा १ सय २५ वटा स्टल र १५ वटा पेभिलियन रहने छन् । मेलामा नेपालका प्रतिष्ठित शैक्षकि संस्थाका साथै भारत, बंगलादेश, यूके, अस्ट्रेलिया, चीन लगायत मुलुकका विश्वविद्यालय र शैक्षकि संस्था सहभागी हुनेछन् । प्रदर्शनीमा दूतावासको छुट्टै स्टल रहनेछ । अवलोकनमा आउनेलाई स्वदेशमै विदेशी कोर्स पढाउने कलेजहरूको भ्रमण अवलोकनसमेत गराइने व्यवस्था गरेको छ ।
मेलामा विभिन्न देशका दूतावासले आफ्नो मुलुकको उच्च शिक्षाबारे जानकारी दिनेछन् । नेपालका बैंकहरूले शैक्षकि लोनबारे जानकारी दिनेछन् । मेलामा सहभागी हुने अभिभावक-विद्यार्थीले स्वदेश तथा विदेशका शैक्षकि संस्था, त्यहाँ पढाइ हुने विषय, लाग्ने खर्च, बसोबास, शैक्षकि वातावरण लगायत विषय एकै थलोमा जानकारी पाउनेछन् । मेलामा भविष्यमा के बन्ने भन्ने दोधारमा रहेका विद्यार्थीका लागि 'काउन्सेलिङ' तथा सेमिनार आयोजना हुनेछ ।
प्रत्येक दिन लक्की ड्रमार्फत पुरस्कारको व्यवस्था गरिएको छ भने २७ जना विद्यार्थीलाई यूएस र यूके भ्रमण अवसर दिलाइनेछ । तीमध्ये एकजनालाई निःशुल्क अवसर दिइनेछ । कलेजका पूर्वविद्यार्थी संगठनहरूको भेटघाट, सेकेन्ड हयान्ड पुस्तक संकलन तथा आदानप्रदान हुनेछ । चर्चित युवा ब्यान्डका कलाकारको सांगीतिक कार्यक्रमबाट मनोरञ्जन लिन सकिन्छ । आयोजकका अनुसार शुक्रबार रोविन एन्ड दि न्यू रिभुलोसन एन्ड अलबाट्रोस ब्यान्ड, शनिबार संगम पोखरेल र इन्दि्ररा जोशी र आइतबार डीजे गिरीशले मनोरञ्जन प्रदान गर्नेछन् ।
Published on: 26 July 2013 | Kantipur
GET IN TOUCH