s

तमोर नदीमा खसेर घाइते भएका मजदुरको मृत्यु

Year of Publication: 2 January 2024 | Nagarik

Published by: CESLAM

डिलबाट चिप्लिएर सानिमा मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्लाको कोल्वी नगरपालिका वडा नं. ५ का २५ वर्षिय दिपु चौधरी रहेका छन्। उनी माछापुच्छ्रे मेटल एन्ड मेसीनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्य तमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।

भीरबाट खसेर टाउकोमा चोट लागेका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

दुईदिन अघिमात्रै बिजुलीको तारबार व्यवस्थापनको क्रममा तमोर नदी डोरी वारपार गर्ने क्रममा चिल्पिएर खस्दा भारत पश्चिम बङ्गालका एक युवाको ज्यान गएको थियो।

Published on: 2 January 2024 | Nagarik

Link

Back to list

;