s
Year of Publication: 4 August 2011 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
पर्वतारोहणको मौसम मानिने वसन्त ऋतुमा पर्वतारोहणमा आउने विदेशी आरोहीले १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
आरोहणका लागि जाँदा लुक्लादेखि आधार शिविरसम्म ९ हजार ६ सय ६० र र्फकंदा ५ हजार ३ सय १३ भरियाले रोजगारी पाएको तथ्यांक छ । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको हिमाल संरक्षण आयोगले तयार गरेको एक रिपोर्टअनुसार मार्चदेखि मेसम्म सगरमाथातर्फ लागेको २३ टोलीका २ सय ३४ आरोहीका लागि २ सय ५९ हाई अल्टिच्युड क्लाइबिङ शेर्पा -एचएएस) र १ सय ६४ जना भान्छेहरू थिए ।
पर्यटन मन्त्रालयअन्तर्गत उद्योग महाशाखाले सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि ९२ टोलीलाई अनुमति दिएको थियो । यो वर्षको वसन्तमा २ सय ३४ मध्ये १ सय ५६ विदेशी आरोहीले सगरमाथाको चुचुरो टेके । 'छोटो अवधिमा धेरैलाई रोजगारी दिने यो क्षेत्रलाई फराकिलो बनाउन अन्य हिमालसम्म पुग्न सक्ने पूर्वाधार बनाउनु आवश्यक छ,' आयोगका सदस्य आङछिरिङ शेर्पाले भने, 'रोयल्टी छुट मात्र दिएर हुँदैन ।' उनका अनुसार स्थान अनुसार पवर्तारोहण व्यवसायलाई बाहै्र महिना सञ्चालन गर्न सके युवाहरू कामका लागि बिदेसिनु पर्दैन ।
'भरियाका लागि मात्र आरोहीले १२ करोड ३५ लाख २७ हजारभन्दा बढी खर्च गरेका छन्,' शेर्पाले जानकारी दिए ।
सरकारले सुदूरपश्चिमका हिमालमा व्यावसायिक आरोहण सुरु गर्ने उद्देश्यले पर्यटन वर्षको अवसर पारेर रोयल्टी छुट गरेको छ । त्यस्तै धौलागिरिमा ५० प्रतिशत छुट छ । तर पूर्वाधार र हवाई यातायातको पहँुच नहुँदा व्यावसायिक आरोहणको सम्भावना भए पनि त्यसको सदुपयोग हुन सकेकेा छैन ।
शेर्पाका अनुसार मे अन्तिमसम्म भएको आरोहणमा २३ विदेशी टोलीले सरकारलाई १७ करोड १४ लाख ३२ हजार रुपैयाँ राजस्व तिरेका छन् । आयोगको रिपोर्टअनुसार 'हाई अल्टिच्युड क्लाइबिङ -एचएएस)' शेर्पालाई दिइने उपकरण भत्ता,
ज्याला, आरोहण बोनसलगायत लागि करिब ८ करोड १४ लाख ७३ हजार रुपैयाँ उठ्यो ।
आधार शिविर र क्याम्प टुसम्म पुगेका भान्छेले भत्ता, ज्याला र बिमा गरी ३ करोड २८ लाख रुपैयाँ कमाएका छन् । 'काठमाडौं-सोलुखुम्बु दुईतर्फी उडान, लगेज र अन्य खर्च गरी ५ करोड २७ लाख २७ हजारभन्दा बढीको कारोबार भएको देखिन्छ,' शेर्पाले भने । विदेशी आरोहीले उचाइका लागि खानेकुरा, इन्धन, अक्सिजन, मास्क, रेगुलेटर, आरोहण उपकरण, रुट फिक्सिङ शुल्क, आधार शिविरमा उपचार शुल्क र फोहोर व्यवस्थापनका लागि १२ करोड ७० लाख ५१ हजार रुपैयाँ भन्दा बढी खर्चेको तथ्यांक छ ।
पर्यटनमा अवसर
· विदेशी आरोहीबाट ६४ करोड ९१ लाख खर्च
· पदयात्रासमेत जोड्दा वर्षमा २ अर्ब आम्दानी
· पवर्तारोहण व्यवसायलाई बाहै्र महिना सञ्चालन गर्न सके युवाहरू कामका लागि बिदेसिनु पर्दैन’
Published on: 4 August 2011 | Kantipur
GET IN TOUCH