s
Year of Publication: 9 November 2023 | Nagarik
Published by: CESLAM
बाराको सिमरामा रहेको जगदम्बा स्टिल कारखाना परिसर भित्र बुधबार एक ट्रकले सोही कारखानामा कार्यरत एक मजदुरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका सिमरा बस्ने सर-सफाईकर्मी उज्ज्वल कार्की रहेको बारा प्रहरीले जनाएको छ।
कार्की उनका एक साथीसँगै ट्रक भन्दा केही पर आराम गरिरहेका थिए। अचानक प्रदेश ०२-०३-००१ ख ५९६ नम्बरको लहरी ट्रकले उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
चालक दिपेश महतो र ट्रकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
Published on: 9 November 2023 | Nagarik
GET IN TOUCH