s
Year of Publication: 27 February 2024 | Setopati
Published by: CESLAM
सरकारले जनसांख्यिक लाभको उपयोग र युवाशक्तिको परिचालन गर्ने योजना सहित आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ।
आगामी आर्थिक वर्षको बजेटकाे सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशरण महतले जनसांख्यिक लाभ उठाउन युवाशक्ति परिचालन गर्ने गरी बजेट ल्याउने बताएका हुन्।
युवा लक्षित उद्यमशीलता विकास र आन्तरिक रोजगारी सिर्जना गर्दै युवाहरू कामका लागि विदेशिनु पर्ने परिस्थितिलाई कम गर्दै लैजाने उनले बताए।
युवाहरूलाई व्यवसायिक सिप एवम् प्राविधिक शिक्षा प्रदान गरी सिपयुक्त बनाइने उनको भनाइ छ।
खेलकुद प्रतियोगिता सञ्चालन र खेलाडीको क्षमता विकासमा जोड दिइने, सार्वजनिक र निजी क्षेत्रमा युवा जनशक्तिको क्षमता उपयोग गर्न इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिने विषय सरकारको सिद्धान्त र प्राथमिकतामा समेटिएको छ।
Published on: 27 February 2024 | Setopati
GET IN TOUCH