s

बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’

काठमाडौँ — परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ । समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।

सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयको सूचना

*सूचना !*बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहाय बमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ ।निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।https://legal.nepalconsular.gov.np/passport*थप जानकारीका लागि यो लिंक हेर्नुहोला।*https://mofa.gov.np/बङ्गलादेशमा-रहनुभएका-नेप/साथै, प्रत्यक्ष सम्पर्क गर्नका निमित्त देहायबमोजिमका व्यक्तिहरूलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छःपरराष्ट्र मन्त्रालय, काठमाडौंशाखा अधिकृत महेश्वरमणि त्रिपाठीफोन नं. +९७७९८५११६६९८७इमेलः [email protected]नेपाली राजदूतावास, ढाकाद्वितीय सचिव योजना बम्जनफोन नं. +८८०१८८०६९१०१३इमेलः [email protected]@dhaka.netरिया क्षेत्रीफोन नं. +८८०१७४५४०७९५८यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा बङ्गलादेशबाट हालसालै नेपाल फर्कनुभएका वा अब नेपाल फर्कनुहुने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा अवगत गराइदिनुहुन समेत अनुरोध गरिन्छःईमेलः [email protected]

Published on: 22 July 2024 | Kantipur

Link

Back to list

;