s

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने

काठमाडौँ, भदौ २७ गते । सरकारले बङ्गलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै आफ्नो इन्टर्नसिप पूरा गर्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकाल्दै विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै इन्टर्नसिप पूरा गर्न आग्रह गरेको हो ।

बङ्गलादेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरु बङ्गलादेशमा सुरक्षा असहज अवस्थाका कारण स्वदेश फर्किएका थिए ।

विद्यार्थीले आफ्नो बाँकी रहेको अवधिको इन्टर्नसिप कार्यक्रम नेपालमा नै पूरा गराउन सकिने, नसकिने सम्बन्धमा परराष्ट्र मन्त्रालयसमक्ष पत्र लेखी पठाएका थिए ।

ढाकास्थित नेपाली राजदूतावासमार्फत बङ्गलादेश सरकारको सम्बन्धित निकायमा समन्वय हुँदा बङ्गलादेशका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले सोही कलेजले तोकेको मेडिकल कलेजमै आफ्नो इनटर्नसिप पूरा गर्नुपर्ने व्यहोरा उल्लेख गरी पत्राचार गरेको थियो ।

Published on: 13 September 2024 | Gorkhapatra

Link

Back to list

;