s
सरकारले भारत जाने र फर्कने श्रमिकको तथ्यांक राख्ने गरी श्रम आप्रवासन नीति बनाउन सरकारलाई विज्ञहरूले सिफारिस गरेका छन्।
श्रम आप्रवासन विज्ञ गणेश गुरूङको संयोजकत्वमा गठन भएको टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदामा उनीहरूलाई पनि श्रम आप्रवासन प्रणालीमा समेट्ने व्यवस्था गरिएको हो।
स्थानीय तहस्थित रोजगार सेवा केन्द्रमार्फत तथ्यांक राखिने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
र उनीहरूलाई छुट्टै परिचयपत्र समेत उपलब्ध गराउने पनि मस्यौदामा उल्लेख छ।
अहिलेको वैदेशिक रोजगार कल्याणकारी कोष जस्तै भारत रोजगारीमा जाने श्रमिकको हितका लागि उपयुक्त मोडल तयार गरी आवद्ध गरिने पनि मस्यौदामा भनिएको छ।
Published on: 13 August 2024 | Setopati
GET IN TOUCH