s
घमाइलो सहरमा मानव बेचबिखन अनुसन्धान ब्युरोको एक कोठामा एउटी नाबालिका भेटिइन् र छोटो कुराकानी पनि भयो।
नानी, तिमी कति वर्ष भयौ? आँखाको गहिरो भावसँगै उनी भन्छिन्, ‘खै उमेर त मलाई यति नै भन्ने थाहा छैन। तर, सबैले भन्छन्, मेरी आमा बित्दा म ३/४ वर्षकी थिएँ अरे? त्यो पनि सुन्नमा आएको। आमा बितेको वर्षौं भयो। अरूले भनेअनुसार आमा स्वर्गवास भएको १० वर्ष भयो रे ।’
यति भन्दै गर्दा उनका आँखा रसिला हुन्छन्। उनका आँखा माछाजस्तै सुन्दर छन्। उनी हेर्दामा जति सुन्दर छिन्, त्यतिकै उनको बोलीमा मिठास छ। उनका दन्तलहर मनोहारी छन्। करिब महिना दिनदेखि स्पामा काम गर्दै आएकी उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले फेला पारेको हो। उनलाई गत मंगलबार ब्युरोमा ल्याइएको थियो। त्यहाँ उनी मात्रै थिइनन्, साथमा थिए अन्य तीनजना महिला। ती तीनैजनाको उमेर १७/१८ भन्दा बढी देखिँदैन। सबैभन्दा सानीसँग उनको कामबारे ब्युरोका अधिकारीहरूले सोध्दा खासै बोल्न चाहेकी थिइनन्। साह्रै धेरै आग्रह गरेपछि उनी बोल्न बाध्य भइन्। यसो हेर्दा उनी १५ वर्ष पनि नकटेजस्तो देखिन्छिन्। सुनाखरी फूलजस्तो पवित्र र सुन्दर उनी विस्तारै खुल्न थालिन्।
यति सानैमा उनले परपुरुषको इच्छा पूरा गर्नुपरेको दुःख उनले लुकाउन सकिनन्। तर, त्यही दुःखको पेटारो खोल्ने बेलामा पनि मुख छोपेर हाँस्दै भनिन्, ‘मैले स्पामा काम गरेको महिना दिन पनि भएको छैन। अरू दिदीहरूले त्यस्तो काम गर्थे, मैलेचाहिँ कहिल्य गरेकी छैन। म मसाज मात्र गर्थें। एकजना केटालाई मसाज गर्दा दुई सय ५० रूपैयाँ साहुनीले दिनुहुन्थ्यो।’
उनलाई पुनः प्रश्न राखिन्छ, ‘तिमी बसेको होटलमा एउटा चाइनिज पनि आउने गथ्र्यो, त्यो मान्छेसँग तिमी मजाले गफगाफ पनि गरेको तिम्रो मोबाइलको म्यासेजबाट भेटिएको छ। बिचरा तिमीलाई पक्कै घर सम्हाल्न गाह्रो भएको होला, तिम्रो आफ्नै वास्तविक बाध्यता पनि होला। तिमीलाई हामी केही गर्दैनौं नानी डराउनु पर्दैन।’
पातलो छिनेको कम्मर छ उनको। हेर्दै सानी पुतलीजस्ती देखिन्छिन्। टु पिस कपडामा भेटिएकी उनी विस्तारै खुल्छिन्। मनभित्रको डरसँगैको मनभरिका पीडाको पोयो फुखाउँदै भनिन्, ‘आमाले हामीलाई भन्दा बढी डोरीलाई आफ्नो देख्नुभयो। बुबाको दिनरातको रक्सी खाएपछिको कुटाइपछि सहन नसकेर आमाले आत्महत्या गर्नुभयो। त्यतिबेला भाइ वर्ष दिनको थियो होला। दिदी दाइ पनि हुनुहुन्थ्यो, तर सधैं घरमा झैझगडाले गर्दा सानैमा घर छाडेर निस्किए।’
कक्षा ९ मा पढ्दै गरेकी उनले पनि घर छाडिन्। त्यसपछि उनी फुपूको घरमा पुगिन्। फुपूको घरमा पढाइ र हुर्काइ भयो। त्यसपछि उनी घर फर्किइन्। उनी घरमा पुग्दा दुईजना नयाँ मान्छे आइसकेका थिए। ‘बुबाले कान्छी आमा ल्याउनुभएको रहेछ’, उनले भनिन्, ‘कान्छी आमाबाट सानो बाबु जन्मिएको थियो।’ उनका बुवाको यो तेस्रो विवाह थियो। उनले भनिन्, ‘जेठी आमालाई पनि बुबाले कुटेर निकालेको रे ? मेरी आमा माइली हुन्।’
आफ्नो उमेरसमेत थाहा नभएकी ती नाबालिकाले देखिने गरेर छातीमा आफ्नै भाइको नाम ‘सागर’ र आमाको नाम नाडीमा ‘मिठ्ठ’ भनेर ट्याटु हानेकी थिइन्।करिब एक वर्षअघि बुबाले उनलाई निर्घात हुने गरेर कुटेपछि रातको समयमा घरबाट भागेको उनी सुनाउँछिन्, ‘रक्सी खाएर आएपछि झगडा गरेर मलाई धेरै कुट्नुभयो। मेरो नाक र मुख फुटेर रगत आइसक्दा पनि छाड्नुभएन। त्यसपछि घरबाट निस्किएर मकैबारीको बाटो भागें।’
रातको समयमा घरबाट निस्किएकी उनले भोलिपल्ट एक होटलको सहारा पाएकी बताउँछिन्। पीडित नाबालिकाका अनुसार त्यस होटलमा करिब ८/१० महिनै भाडा माझेर बसें होला। त्यसपछि एक दिदीको सहाराले काठमाडौं आएकी हुँ। कान्छीआमाले पनि फोन गरेर धेरै गुनासो गरेसँगै दुई भाइलाई पढाउन पैसा पठाउन भनेको उनले नागरिकसँग बताइन्।
उनले दुई भाइलाई पढाउने जिम्मा लिएकी छिन्। आफ्नै भाइ कक्षा ७ मा र कान्छी आमातिरको भाइ नर्सरीमा पढ्दै गरेको उनले बताइन्।
‘आफूले नपढे पनि भाइहरूलाई पढाउनु छ। आफूले जस्तो दुःख भाइहरूले नपाऊन् भन्ने मेरो धारणा हो’, उनी गहभरि आँसु पार्दै भन्छिन्, ‘हामीलाई पनि नराम्रो काम गर्न कहाँ मन हुन्छ र ? मैले धेरैजनासँग सम्बन्ध राखेकी छैन। तर, त्यस्तो ग¥यो कि रगत आउँछ। सुरुमा त रगतै आएर ढलेकी थिएँ।’
भाइहरूको भविष्य बोकेकी उनले आफ्नो शरीर बेच्दा जम्मा पाँच सय रूपैयाँ पाउने गरेको उनले अन्कनाउँदै सुनाइन्। उनीमाथि भाइहरूलाई पढाउनुपर्ने ठूलो भार रहेको पटक–पटक दोहो¥याइन्। ‘अरू दिदीहरूले प्रत्येक पुरुषसँग शारीरिक सम्बन्ध राखेवापत साहुनीले पाँच सय दिने गरेका छन्। मलाई त्यस्तो काममा धेरै दबाब दिन्छन्, तर म मान्दिनँ। स्पाका लागि आएका प्रायः ग्राहकको रोजाइमा म पर्छु। त्यसैले मलाई जोड गर्छन्’, उनले मुस्किलले भनिन्।
उनलाई ब्युरोका एक प्रहरी अधिकारी प्रश्न राख्छन्, ‘तिम्रो मोबाइलमा आएको ‘लभ’ वाला फोन कसको त?’ उनी जवाफ दिन्छिन्, ‘यस्सै कोही मान्छे कुरा गर्छन्। म जोसँग पनि बोल्छु। बोल्नमा त्यस्तो नराम्रो के हुन्छ जस्तो लाग्छ। चाइनिज पनि मसँग राम्रो कुरा गर्छ। ऊसँग पनि बोल्ने मात्रै हो।’
भाइहरूलाई पढाउन पाउँदिनँ कि भन्ने ठूलो चिन्तामा उनी थिइन्। ‘घरबाट कान्छी आमाको फोन धेरै आउँछ। महिनामा कहिले १५/१६ हजार रूपैयाँ त कहिले नभएको बेलामा २/४ हजार रूपैयाँ समेत पठाउनुपर्छ’, उनले भनिन्।
घरकी कान्छी छोरी भएर जन्मिए पनि १३/१४ वर्षकै उमेरमा उनले दुई भाइलाई पढाउने कर्तव्य लिएकी छिन्। उनका दिदी र दाइ पनि छन्, तर आफूसँग सम्पर्क नभएको बताइन्।
Published on: 5 September 2024 | Nagarik
GET IN TOUCH