s

इसराइल केयरगिभरका लागि विभागले स्वीकृत गरेका कागजात छानबिनकै प्रक्रियामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इसराइल केयरगिभरमा पठाउनका लागि वैदेशिक रोजगार विभागबाट स्वीकृत भएका आवेदकहरूको कागजपत्र छानबिनकै क्रममा रहेको जनाएको छ।

नेपाल र इसराइल सरकारबीच श्रम सम्झौता अनुसार इसराइलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने सन्दर्भमा वैदेशिक रोजगार विभागबाट आवेदन माग गरी भर्ना प्रक्रिया अघि बढेको थियो।

त्यसक्रममा केही आवेदकहरूले पेस गरेका कागजातहरूमा कैफियत देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको थियो।

हाल कागजातहरू छानबिनकै प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सकिएपछि मात्रै थप प्रक्रिया अगाडि बढ्ने मन्त्रालयले जनाएको छ।

Published on: 11 September 2024 | Setopati

Link

Back to list

;