s

कृषि क्षेत्रतर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई वन क्षेत्रमा पनि लैजाने तयारी

काठमाडौं : कृषि तथा पशुपालन क्षेत्र तर्फको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई वन क्षेत्रमा पनि लैजाने तयारी गरिएको छ।

भाषा पास गरेर बसेका र आउँदो डिसेम्बर ३१ मा रोष्टरको अवधि सकिने व्यक्तिलाई उक्त अवसर प्रदान गरिएको हो। ईपीएस शाखाले आइतबार सूचना जारी गरेर भाषा परीक्षा उत्तीर्ण भई रोजगार आवेदन फाराम भरी रोस्टरमा रहेकाले रोस्टर परिवर्तन गर्न सकिने जनाएको छ।

एचआरडी सर्भिस अफ कोरियाले नेपाल, म्यानमार र भियतनामको कृषि तथा पशुपालन क्षेत्र तर्फको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई रोस्टर परिवर्तन गर्न सकिने पत्र पठाएको थियो। रोस्टर परिवर्तन गर्नका लागि यही साउन ६ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिने छ।

Published on: 22 July 2024 | Annapurna Post

Link

Back to list

;