s
काठमाडौँ, साउन २१ गते । सरकारले लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’’
त्यस्तै, मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उहाँहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावास तथा परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार नेपाली राजदूतावास कायरोका द्वितीय सचिव दीपक घिमिरेलाई +२०१०९७७७२३४८ र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई +९७७९८४९१७९५२० मा सम्पर्क गर्न सकिने ।
साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebabon/मार्फत् आवश्यक विवरण उपलब्ध गराउनुहुन समेत लेवनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अनुरोध छ ।
Published on: 6 August 2024 | Gorkhapatra
GET IN TOUCH