s
नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ ।
गत मङ्सिर २ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र परेको हो । मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत खुशीमानलाई लडेलगत्तै साथीले अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको थियोे । रोजगारीको सिलसिलामा छ महिनाअघि मलेसिया पुगेका खुशीमानको शव परीक्षण गरेर आफन्तलाई जिम्मा नलगाएका कारण अलपत्र परेको उनका साथी प्रदीप राईले जानकारी दिए ।
ऋण काढेर मलेसिया पुगेका राईको छ महिना नबित्दै उतै ज्यान गएपछि आफूहरुको विचल्ली भएको परिवारले जनाएको छ । कार्बन ओभरसिज कम्पनी काठमाडौँमार्फत मलेसिया पुगेका मृतक राईको आमा, चार दिदी र एक दाजु छन् । दाजु हाल मलेसियामा नै कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
Published on: 2 December, 2014 | Annapurna Post
GET IN TOUCH