s
काठमाडौँ — पोर्चुगलमा घुम्ती सेवामार्फत ३८२९ जनाले राहदानी नवीकरण गराएका छन् । राहदानी विभाग काठमाडौं र नेपाली राजदूतावास पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि १३ सम्म राहदानी नवीकरणका लागि घुम्ती सेवा आयाेजना गरिएकाे थियाे ।
पोर्चुगलमा घुम्ती सेवामार्फत ३८२९ जनाले राहदानी नवीकरण गराएका छन् । राहदानी विभाग काठमाडौं र नेपाली राजदूतावास पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि १३ सम्म राहदानी नवीकरणका लागि घुम्ती सेवा आयाेजना गरिएकाे थियाे ।
घुम्ती सेवाबाट सेवा लिनेमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० युरो अर्थात ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँबराबरको राजश्व संकलन भएको छ ।
घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूताबास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए । घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गरेका थिए । पोर्चुगलमा ५० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको छ ।
Published on: 14 August 2024 | Kantipur
GET IN TOUCH