s
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम ऐनलाई समयसापेक्ष र व्यवसायीमैत्री बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष भण्डारीले यस्तो कुरा बताएका हुन । उनले नेपालको श्रम ऐन पुरानो भएको भन्दै सरकारले श्रम ऐन संशोधन गरी वर्तमान समय सापेक्ष बनाउन माग गरे ।
उनले ऐन लामो समयसम्म परिमार्जन नगर्दा व्यवसायीहरुलाई समस्या परेको बताए । उनले वैदेशिक रोजगार ऐन श्रमिक र व्यवसायीमैत्री हुनुपर्ने उल्लेख गरे। उनले वैदेशिक रोजगार ऐन व्यवसायलाई नियन्त्रण गर्ने किसिमको रहेको भन्दै तत्काल संशोधन गर्न माग गरे ।
उनले नेपालबाट खाडी मुलुकमा महिलाहरु गइरहेको भन्दै अब सरकारले संस्थागत रुपमा खोल्ने वा पूर्ण रुपमा बन्द गर्न माग गरे । उनले सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्ध गरे पनि ५० हजार बढी सख्यामा महिलाहरु र तेस्रो मुलुकबाट वा भिजिट भिसामा गएको बताए ।
उनले सरकारले त्यसको विकल्प खोज्न आवश्यक रहेको भन्दै संस्थागत रुपमा पठाउन दिन आवश्यक रहेको बताए । उनले सरकारले व्यवसायीहरुलाई शुल्क निर्धारण गर्न माग गरे । उनले सरकारले अनिवार्य माग पत्र प्रमाणीकरण तत्काल गर्नु आवश्यक रहेको बताए ।
Published on: 20 August 2024 | Nagarik
GET IN TOUCH