s
कलेन्द्र सेजुवाल
साउदी अरबमा 'बन्धक' रहेको बताइएकी वीरेन्द्रनगर-११ दीपनगरकी देवीसरा बिकको उद्धारको लागि स्थानीय प्रशासनले पहल थालेको छ। जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत यस्तो पहल सुरु गरेको हो।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले देवीसराको खोजी गरी उद्धार गर्न शुक्रबार परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको बताए। महिलाका श्रीमान् डम्बर बिकले दिएको लिखित निवेदनको आधारमा यस्तो पहल थालिएको उनको भनाइ छ। देवीसरालाई विदेश पठाउने वीरेन्द्रनगर- ११ दीपनगरकी रेखा सुनार र नेपालगन्ज धम्बोझीका केशव र ध्रुव परियारलाई पक्राउ गरी आवश्यक कारबाही गर्न पनि कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ। 'हामीले घटनाबारे जानकारी पाउनेबित्तिकै प्रक्रियागत रुपमा उद्धारको पहल थालेका छौँ,' प्रजिअ बानियाँले भने।
GET IN TOUCH