s

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

भिजिट भिसामा एक महिलालाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।

प्रहरी अनुसन्धानका क्रममा खुले अनुसार अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजार हुने भन्दै प्रलोभन देखाई २ लाख समेत लिएका थिए। दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी पीडितको अन्तर्वार्ता समेत लिएको खुलेको छ।

भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफू बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको पीडितले उजुरीले उल्लेख गरेकी छिन्।

पिडकले घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको उनको भनाइ छ।

पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रुपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएकी थिइन्। नेपाल फर्किएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन्।

अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Published on: 19 July 2024 | Nagarik

Link

Back to list

;