s

तस्करले केन्या पुर्‍याएका १२ नेपाली युवती बारबाट नियन्त्रणमा

Year of Publication: 14 April 2019 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्‍याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ। बार सञ्चालकको साथबाट प्रहरीले क्यानेडियन राहदानी बरामद गरेको छ। राहदानीमा उनको नाम असिफ अमिराली अलिभाई जेजेथा उल्लेख भएपनि त्यो उनको परिचय नभएको प्रहरीले जनाएको छ।
 
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नेपाली युवतीहरु लुंगा-लुंगा बोर्डर हुँदै केन्या पसेका थिए। प्रहरीले उनीहरु नेपालबाट केन्या कसरी आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ।बार सञ्चालकसहित उनीहरुलाई सोमबार मोम्वास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
 
Published on: 14 April 2019 | Kantipur

Back to list

;