s
Year of Publication: 4 April 2011 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
व्यक्ति पनि किनबेच गर्न मिल्छ ? मिल्दैन । तर कुवेत पुगेका नेपाली महिला कामदारहरु खरिद-बिक्री गरिन्छन् । उदेकलाग्दो पक्ष के हो भने उनीहरु सीप, योग्यताका आधारमा पैसा पाउँदैनन्, उनीहरुको दर भाषाको ज्ञानका आधारमा तोकिन्छ । एकपल्ट होइन, पटक-पटक उनीहरु बेचिन्छन् । कुवेतको यो दलदलबाट उम्केर स्वदेश फर्केका महिलाहरुले पीडा सुनाए, 'भाषा नजान्नेलाई तीन सय ६० दिनार (७९ हजार रुपैयाँ) र भाषा जान्नेलाई ४ सय ८० दिनार (एक लाख पाँच हजार रुपैयाँ) मा किनबेच हुन्छ ।'
काठमाडौं, चैत्र २१ - 'हामीलाई त बिक्री गरिदोँरहेछ', कुबेत सरकारको आममाफीमा परेर बल्लतल्ल घर आइपुगेकी कुशुम शर्माले यस्तो अनुभब सुनाइरहदाँ सँगै रहेकी मोरङकी लक्ष्मी मगर भने निकै भावुक थिइन् ।

तीन वर्ष हाउसमेडको निकै कष्ट र जोखिपुर्ण अनुभब लिएर फर्केकी गरामुनी-६ झापाकी कुशुमले कुबेतमा नेपाली महिलालाई कानुनी रुपमा किनबेच हुनेगरेको र पटक पटक किनबेच गर्न महिलालाई भगाउने प्रबृति ब्यापक रहेको बताइन् ।
त्यहाँ नेपाली महिलाको खरिद दर भाषाको ज्ञान र कामको अनुभबको आधार तोकिनेगरेको छ । 'भाषा नजान्नेलाई तीन सय ६० दिनार (७९ हजार रुपैयाँ) र भाषा जान्नेलाई ४ सय ८० दिनार (एक लाख पाँच हजार रुपैयाँ) मा किनबेच हुन्छ', उनले भनिन्, 'कुबेतमा लिगिल काम अलिग धन्दा हुन्छ ।'
कुबेत पुगेका महिलालाई कानुनी रुपमा खुलेका घरेलु कामदार आपुर्ति केन्द्रहरुले कुबेती साहुलाई बिक्री गर्छन् । 'मलाई शुरुमा ३ सय ६० मा बिक्री गरेछन्', उनले भने-'अहिले कुबेती भाषा र कामको अनुभब छ । मलाई जोसुकै कुबेतीले सजिलै चारसय ८० दिनार तिर्न तयार हुन्छन् ।'
त्यसरी मालिकले दुई बर्षका लागि हाउसमेडलाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्यसमय निश्चित हुँदैन । बिदा र तलबका साथै समयमै घर फिर्न नपाउने अवस्था छ ।
कुबेतस्थित राजदूत मधुबन पौडेलले यसबारे सम्बद्ध कम्पनीविरुद्ध लिखित निवेदन दिए कानुनी उपचार खोजिने बताए ।
कुबेतमा नेपाली महिलाको माग धेरै रहेको र पठाउनेलाई ठुलो कमिसन पाउने हुदाँ दलालहरुले लगत खर्च नहाल्नेलाई पनि खोजी खोजी पठाउन लागिपर्छन् । त्यसरी मालिकले तिरेको पैसा तीन महिनामै पच्छ । 'पठाएको तीन महिनासम्म जस्तोसुकै अप्ठयारो पर्दा पनि एजेन्सीले त्यही घरमा काममा लगाउँछ', उनले भने-'त्यसपछि भगाउन निकै तल्लिन हुन्छन ।' कुशुमले त्यसमा आफु पनि शिकार भएको बताइन् । 'तलब र कामको चाप सहन नसकेर घर छाडेर दुई पटक एजेन्सीमा पुगे । त्यसबेला फिर्ता पठाइयो । पछि त दिनहुँ जसो भाग्न दवाव आँउथ्यो', उनले भने-'तलब नपाएको १३ महिनापछि घरछाडेर आएँ । साहु खोज्दै आयो । तर म नआएको भन्दै साहुलाई फिर्ता पठाइदियो ।'
भागेर आएका महिलाहरुलाई एजेन्सीले छोटो अबधीका लागि गैरकानुनी रुपमा काममा लगाउने गर्छन् । कुबेतस्थित राजदुत मधुवन पौडेलले आर्थिक हैसियत भएका कुबेतीले मात्रै हाउसमेड राख्न पाउने बताए । 'दुई/तीन महिनाका लागि कामदार खोज्न आउने मालिकहरु थुप्रै हुन्छ । त्यस्ता मालिकलाई हामीजस्ता गैरकानुनी कामदार पठाउछ', कुशुमले अनुभब सुनाइन-'त्यहाँ काम गर्दा एजेन्सीले हाम्रो आधा भन्दा बढी तलब राख्ने गर्छ ।'
उनका अनुसार नेपालीकै सहयोगमा यस्तो भइरहेको छ । 'मलगायत थुपै महिलालाई झापा गुरामुनीकै रीता गुरुङले लैजाने, त्यहाँबाट भगाउने, काममा पठाउने तर पैसा दिने काममा संलग्न छिन्', उनीले भने-'त्यस्तो काममा उनी निकै अगाडि छिन् । उनीबिरुद्ध म कानुनी बाटो खोज्नेछु ।'
दुताबासका अनुसार कामदार भगाउने र भाग्नेहरुका स्थिति निकै बिकराल छ । 'गैरकानुनी हैसियतमा रहेका कामदारलाई आममाफी दिएको छ । ट्राभल डकुमेन्ट बनाउन आउनेहरुको भीड हेर्दा दुताबासले थाम्न सकिने अबस्था छैन', राजदुत पौडेलले भने-'झन्डै दुई हजार जनालाई स्वदेश जान ट्राभल डकुमेन्ट जारी भइसकेको छ । १७ सय जना सम्पर्कमा आएका छन् ।' कुबेतमा झन्डै ५२ हजार नेपाली कामदार छन् । जसमा धेरैजसो महिलाहरु छन् ।
Kantipur, Published April 4, 2011

Published on: 4 April 2011 | Kantipur
GET IN TOUCH