s

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

Year of Publication: 7 January  2019 । Setopati

Publication Type: NEWS

Published by: CESLAM

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो। विवादमा तानिएकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समितिसमेत बनाएको थियो।
 
परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो।मानव तस्करीको आरोप लागेकी शेर्पालाई सरकारले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो।परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो।
 
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्। त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको थियो।
छोटो समयमा कुतनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै  गम्भीर बनेको थियो।
 
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन्। आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले सेतोपाटीसँग आरोप लगाउनुको कारण बताएका थिए। राजदूतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको थियो।
 
Published on: 7 January  2019 । Setopati

Back to list

;