s

बनारसमा १ सय ५० नेपाली महिला बन्धक

Year of Publication: 16 July 2018 | Kantipur

Publication Type: NEWS

Published by: कमल पन्थी

उद्दारका लागि प्रशासन जाने

कमल पन्थी

वैदेशिक रोजगारीका लागि अवैधरुपमा तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको बनारसमा बन्धक बनाइएको छ । दलालले  बन्धक बनाएको भन्दै कोठामा रहेकी एक बन्धक महिलाले बर्दिया मधुवन नगरपालिकामा रहेका आफ्नो श्रीमान्‌लाई फोनमा रुदै उद्दार गरिदिन गुहार मागेकी छन् ।

उनका श्रीमानले श्रीमती सहित करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाएकोले उद्दारका लागि स्थानीय प्रहरी समक्ष आग्रह गरेका छन्। ती महिलाले आफ्नो श्रीमानलाई नेपाली दलाल मार्फत आफूहरु भारतीय दलालको फन्दामा परेको बताएकी छन्। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बन्धक बनाइएकी ती महिलाकी श्रीमानले दिएको जानकारी अनुसार बनारसको अज्ञात ठाउँमा करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाइएको बताए।
 
'१ सय ५० जना नै बर्दियाका महिला भएको जानकारी हामीलाई आएको छ,' उनले भने, 'उनीहरुको उद्दारका लागि माइती नेपाल लगायतका संस्थासँग समन्वय गरिएकोले चाँडै त्यसतर्फ जाने छौं।’ बनारसमा कुन ठाउँमा बन्धक बनाइएको हो भन्ने कुरा आफूलाई थाहा नभएको ती महिलालाई उद्धृत गर्दै श्रीमानले बताए। फलामको च्यानल गेट भित्र बन्धक बनाइएको र बन्धक बनाइएका महिला बर्दियाको विभिन्न ठाउँका भएको प्रहरीले जनाएको छ।
 
Published on: 16 July 2018 | Kantipur

Back to list

;