s
Year of Publication: 2 February 2019 । Nagarik
Publication Type: NEWS
Published by: CESLAM
भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ।
माइती नेपालका प्रमुख विश्वराम खड्काले नागरिकसँगको कुराकानीमा भारतीय प्रहरीलाई माइती नेपालले यसबारे जानकारी गराएपछि उनीहरुलाई एनजिओहरुको सहयोगमा पक्राउ गरिएको बताए। उनीहरु अहिले मणिपुर प्रहरीको हिरासतमा सुरक्षित रहेका छन्। खड्काले उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनीहरुलाई म्यानमार हुँदै इराक लग्ने तयारी भएको बताइएको छ। नियन्त्रण्मा लिइएकाहरु १९ देखि ३१ वर्ष उमेरका रहेका छन्।
भारत र म्यानमारको सिमा क्षेत्र मोरे नेपाली महिलाहरुलाई अवैध रुपमा म्यानमार लग्न व्यापक रुपमा प्रयोग हुँदै आएको छ। यहि नाका भएर गत जनवरी २९ र ३० तारिकमा मात्रै ६० नेपाली महिलालाई म्यानमार पुर्याइएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन्।
Published on: 2 February 2019 । Nagarik
GET IN TOUCH