s
Year of Publication: 11 April 2013 | Nagarik
Publication Type: NEWS
Published by: CESLAM
ध्रुव दंगाल
जिल्ला अदालत सिन्धुपाल्चोकले फटकशीला गाविस-१ निवासी रामचन्द्र सार्कीलाई आफ्नै भतिजी बेचेको अभियोगमा १२ वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको छ। जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल इजलासले सार्कीबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ।
मानव वेचविखन तथा ओसारपसार विरुद्ध ऐन २०६४ को दफा १५ (१) को 'ङ' २ वमोजिम कसुरदार ठहर गरेको अदालतबाट जानकारी प्राप्त भएको छ। उक्त ऐनअनुसार युवती बेचेको पुष्टि भए कसुरदारलाई १० वर्ष कैद तथा रु ५० हजार जरिवाना र बालबालिका बेचेको कसुरमा १० देखि १२ वर्ष कैद तथा रु लाखसम्म जरिवाना हुने व्यवस्था छ। पीडित १३ वर्षको उमेरमा बेचिएकी थिइन्।
किशोरीलाई २०६७ सालमा शक्ति समूहले उद्धार गरि स्वदेश फर्काएको थियो। पीडितले २०६८ मा काकासहित अन्य तीन जनाविरुद्ध किटानी जाहेरी दिए पछि पीडक सार्की २०६८ चैतमा पक्राउ परेका थिए। सो अभियोग लागेको भोटेचौर गाविसका राजु तामाङ र सुवास सार्की फरार रहेको प्रहरीले जनाएको छ।
Published on: 11 April 2013 | Nagarik
GET IN TOUCH