s

चार युवतीको उद्धार

Year of Publication: 26 September 2012 | Kantipur Daily

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारका लागि निःशुल्क खाडी मुलुकमा पठाउने आश्वासन दिँदै एक महिनादेखि घरमा बन्धक बनाइएका चार युवतीलाई मंगलबार प्रहरीले मोरङको उर्लाबारीबाट उद्धार गरेको छ ।

अर्घाखाँची सुकेना ५ की १७ वषर्ीया सुष्मा दर्जी, जाजरकोट रग्दा ९ की १८ वषर्ीया सुस्मिता विक, कपिलवस्तु तरैया ७ की १८ वषर्ीया पार्वती चौधरी र भोजपुर ढलगाउँ १ की ३१ वषर्ीया विष्णुमाया परियारलाई उर्लाबारी ६ स्थित बाबुराम खड्काको घरबाट प्रहरीले उद्धार गरेको मोरङ प्रहरी प्रवक्ता उमाप्रसाद चतुर्वेदीले बताए ।

उनका अनुसार खड्काले उनीहरूलाई वैदेशिक रोजगारीमा खाडी मुलुक पठाउने भन्दै एक महिनादेखि आपनो घरमा बन्धक स्थितिमा राखेको पाएपछि उद्धार गरेको हो । उनीहरूलाई मानव बेचबिखन गर्ने गिरोहले निःशुल्क वैदेशिक रोजगारका लागि खाडी पठाउने आश्वासन दिँदै खड्काको घरमा भेला गरी भारतका विभिन्न कोठीमा बिक्री गर्न लैजाने तयारी गरेको अवस्थामा रहेको डीएसपी चतुर्वेदीले बताए ।

गिरोहले युवती र उनका परिवारसँग अहिलेसम्म पैसा लिए नलिएको पुष्टि हुन सकेको छैन । चतुर्वेदीले भने उद्धार गरिएका सबै दलित र आर्थिक विपन्न परिवारका छन् । गिरोहले उनीहरूको परिवारलाई विदेश पठाउन एक रुपैयाँ पनि नलाग्ने र राहदानीसमेत निःशुल्क बनाइदिने आश्वासन दिएर घरबाट लिएर हिँडेको पुष्टि भएको छ । उनका अनुसार यो गिरोहले पहिलेदेखि नै विकट क्षेत्रका आर्थिक विपन्न परिवारका चेलीलाई वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा निःशुल्क पठाउने भन्दै अधिकांश युवतीलाई भारतका विभिन्न कोठीमा बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुमान छ । युवतीलाई एक महिनादेखि बन्धक बनाउने खड्का फरार छन् ।
 
Published on: 26 September 2012 | Kantipur

Back to list

;