s
Year of Publication: 24 April 2015 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
दलालको चक्करमा परेर बिदेसिएका सात नेपाली बुधबार उत्तर एट्लान्टिक महासागरमा रहेको टापु मुलुक ग्रेनेडामा पक्राउ परेका छन्। सेन्ट लुसियामा रहेका उनीहरू एक सातादेखि हराइरहेका थिए।
हराएका भनिएका गैरकानुनी सात नेपाली विद्यार्थी पक्राउ परेको समाचार प्रहरीलाई उद्धृत गर्दै जमैका अब्जर्भरले लेखेको छ। उनीहरू सेन्ट लुसियाबाट डुंगा चढेर मंगलबार ग्रेनाडा आइपुगेको प्रहरीले जनाएको पत्रिकामा उल्लेख छ। उनीहरू अहिले हिरासतमा छन्।
पक्राउ परेका विद्यार्थीहरूमा अर्जुन शर्मा काफ्ले -३२), प्रदीप अधिकारी -२३), दीपक सापकोटा -२२), चन्द्रबहादुर थापा -२२), अंकित ढकाल -१८), दीपक भुजेल -२०), र नुमकला तिवारी -२०) छन्। ६ पुरुष र १ महिला रहेको उक्त विद्यार्थी समूह एकैसाथ पक्राउ परेका हुन्। 'ती विद्यार्थीहरू मानव तस्करबाट पीडित भएको आशंका गरेका छौं,' प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।
पक्राउ परेका विद्यार्थीहरूले आफूलाई ल्याम्बडर्स एकेडेमीमा कामसहितको शिक्षाको अवसर दिने भन्दै सेन्ट लुसिया पुर्याइएको बयान दिएका छन्। पढाइका लागि ९ हजार डलर र सेन्ट लुसिया गएबापत छुट्टै १३ हजार डलर तिरेको उनीहरूले बयानका क्रममा बताएका छन्। ग्रेनाडा पुगेपछि सरकारी अधिकारीहरूले उनीहरू गैरकानुनी भएको जानकारी गराएको समाचारमा उल्लेख छ। दुई लाख पनि जनसंख्या नरहेको उक्त मुलुकबाट उनीहरू अमेरिका प्रवेश गर्न खोजेको आशंका अधिकारीहरूको छ।
गत हप्ता उनीहरू बेपत्ता भएपछि काठमाडौंको कन्सुलर विभागमा उनीहरूका आफन्त सेन्ट लुसियाको बारेमा जानकारी लिन गएका थिए। उनीहरू पक्राउ परेको समाचार
आएपछि सम्पर्कको तयारी गरिएको कन्सुलर विभागका प्रमुख दीपक अधिकारीले बताए। नेपालीहरू बुझ्दै नबुझी लहडमा विदेश जाने प्रचलनले यस्तो समस्या धेरै स्थानमा रहेको उनले बताए।
Published on: 24 April 2015 | Kantipur
GET IN TOUCH