s

काममा लगाइदिने भन्दै भारत पुर्‍याई बन्धक बनाउने एक पक्राउ

Year of Publication: 11 March 2024 | Naya Patrika

Published by: CESLAM

मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका– ३ का २५ वर्षीय रिकमन राई रहेका छन्।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ परेका राईले बुटवलको कपडा पसलमा काममा लगाइदिने भन्दै भारत पुर्‍याएका थिए। उनलाई मानव बेचबिखन गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको हो।

राईले सामाजिक सञ्जालमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाइदिने प्रलोभनमा भारतको मुजफ्फरपुर लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ। उनी त्यसपछि फरार रहेका थिए।

राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता ढकालले बताए।

Published on: 11 March 2024 | Naya Patrika

Link

Back to list

;