s

महिला बेच्न लाने दम्पती पक्राउ

Year of Publication: 25 September 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

भारतमा बिक्रीका लागि दलालले लैंजान लागेका ३ महिला जोगिएका छन् । ललाइफकाई भारत ठुठीबारीस्थित एक संस्थामा काम लगाइदिन भनी ३ महिला लैजाने एक दम्पती परासीबजारबाट पक्राउ परेका हुन् । दम्पतीमाथि महिलालाई भारतमा बिक्री गर्नका लागि लैजान लागेको आरोप छ।

उनीहरूलाई सदरमुकाम परासीको महेशपुर चोकबाट सीमावर्ती महेशपुर नाका जाने गाडी चढ्ने क्रममा साना हात नामक संस्थाका कर्मचारीले सोधपुछ गर्दा बेचिन लगिएको कुरा खुलासा भएको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महराजगन्ज जिल्ला बैठवलियाका किसन गुप्ता र उनकी श्रीमती मिनादेवी छन् ।

Published on: 25 September 2013 | Kantipur

Back to list

;