s
Year of Publication: 8 April 2024 | Nagarik
Published by: CESLAM
माइती नेपालको ३२औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा वाकाथन आयोजना गरिएको छ। ‘जर्नी टु जस्टिस: स्टप ह्युमन ट्राफिकिङ’ भन्ने नाराका साथ वाकाथन आयोजना गरिएको हो। माइती नेपालले आफ्नो स्थापना दिवसको अवसरमा पिंगलास्थानबाट सुरु गरेको वाकाथन त्रिभुवन विमानस्थल, सिनामंगल, पुरानो बानेश्वर, गौशाला हुँदै टुंगिएको थियो।
कार्यक्रमले ‘न्यायका लागि यात्रा: मानव बेचबिखनको अन्त्य’ भन्ने सन्देशसहित मानव बेचबिखनको जघन्य अपराधविरुद्ध जनचेतना जगाउन र संस्था, समुदाय र सरकारी सरोकारवाला एकै ठाउँमा भेला भएका थिए। माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले राष्ट्रभित्रै हुने आन्तरिक मानव बेचबिखनलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुपर्ने बताइन्।
‘हाम्रो गृहराष्ट्र मानव बेचबिखनको जघन्य अपराधलाई हामीले सफा गर्नुपर्छ। ३२ वर्षदेखि हामी यसैका लागि समर्पित छौं।’ मानव बेचबिखन रोकथाम, उद्धार र पुनःस्थापनामा माइती नेपालले गरिरहेको प्रयासका लागि जनचेतना जगाउने कार्यमा सहभागीले एकता र ऐक्यबद्धताको भावना देखाएका थिए। विभिन्न पहल र कार्यक्रममार्फत माइती नेपाल बेचबिखनका मूल कारण न्यूनीकरण गर्न सक्रिय रूपमा काम गर्दै पीडितलाई सहयोग र सेवा प्रदान गर्न अग्रपंक्तिमा रहेका थिए।
सन् १९९३ मा स्थापना भएको माइती नेपालले मानव बेचबिखन, बालबालिकाको व्यावसायिक यौन शोषण र घरेलु हिंसाबाट प्रभावित असंख्य व्यक्तिहरूका लागि आशाको किरण बनेको छ। यस संस्थामा मानव बेचबिखनविरुद्ध लड्न, पीडितको उद्धार र पुनःस्थापना, सचेतना जगाउने र यो जघन्य अपराध रोक्न आम जनमानसलाई सशक्तीकरण गर्ने कार्यमा संलग्न छ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काका अनुसार मानव बेचबिखनको अन्धकारलाई अन्त्य गर्न चेतना र ऐक्यबद्धताको दीप प्रज्वलन गरिरहनुपर्छ।
‘यस्ता पैदल यात्राजस्ता कार्यक्रमहरूको माध्यमबाट, हामी आशा र एकताको ज्योति चम्काउनुका साथै सबै सँगै मिलेर हामी परिवर्तन ल्याउन सफल हुन्छौं।’
सन् २०२३ मा महिला र बालबालिका बेचबिखन तथा विभिन्न प्रकारका शोषण र हिंसाविरुद्धको आफ्नो अथक प्रयासलाई निरन्तरता दिएको माइती नेपालले बताएको छ।
सन् २०२३ मा भारतबाट ८६ जनाको सफलतापूर्वक उद्धार गरेको थियो भने अन्य १५ जनालाई तेस्रो मुलुकबाट उद्धारका साथ एक हजारभन्दा बढी व्यक्तिलाई आन्तरिक रूपमा उद्धार गरिएको माइती नेपालले बताएको छ।
घरेलु हिंसामा एक हजार ६१ जनाको उजुरी माइती नेपालमा दर्ता भएका छन्। यस संस्थाले सात हजार २८४ जनालाई मनोसामाजिक परामर्श र चार हजार ३५० जनालाई कानुनी परामर्श प्रदान गरेको छ।
Published on: 8 April 2024 | Nagarik
GET IN TOUCH