s

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी

Year of Publication: 5 September 2024 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताएका छन्।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर लागेको भन्दै ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताएका हुन्।

उनले विधेयकलाई छिटो पारित गरेर बलियो कानून बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिन जरुरी रहेको जिकिर गरे। छिटो कानून बनाउने चाहना भएपछि विभिन्न प्रक्रियाका कारण ढिलाई हुने गरेको उनको भनाइ छ।

मन्त्री सुडीले सरकारले कानून बनाएर मात्रै यो समस्या समाधान नहुने भन्दै सबै सरोकारवाला निकायको सहयोगको आवश्यकता रहेको जिकिर गरे।

Published on: 5 September 2024 | Annapurna Post

Link

Back to list

;