s
Year of Publication: 1 February 2019 । Kantipur
Publication Type: NEWS
Published by: CESLAM
मानव बेचविखनको आरोप लागेकी अस्ट्रेलियाका राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छन् । बुधबार अस्ट्रेलियाबाट नेपाल फर्किएकी शेर्पाले शुक्रबार सरकारसमक्ष राजीनामा दिएकी हुन् । उनलाई आफ्नै सवारी चालक वाङ्चु शेर्पाले अस्ट्रेलिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरुसित पैसा असुलेको आरोप छ ।
आरोपको प्रतिवाद गर्दै आएकी शेर्पामाथि छानबिन समिति गठन गरी अनुसन्धानका लागि गत महिना नेपाल बोलाएको थियो। दुई साताअघि अस्ट्रेलिया गएकी उनी बिदा भइ बुधबार नेपाल फर्किएकी थिइन्। आरोपित राजदूत शेर्पालाई सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पुस २६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले केही दिनमै राजदूत शेर्पाले 'उचित निकास' दिने बताएका थिए ।
शेर्पालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । माओवादी प्रवेश गर्नु अघि २०६४ मा शेर्पा एमालेबाट समानुपातिकतर्फ सभासद् थिइन् ।
Published on: 1 February 2019 । Kantipur
GET IN TOUCH