s

मानव बेचविखनको आरोपमा पक्राउ

Year of Publication: 10 June 2019 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

प्रहरीले मानव बेचविखनको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक नवराज रावलको कमाण्डमा रहेको गस्तीले गुलरिया नगरपालिका वडा नम्बर २ गुजराना निवासी २४ वर्षीय काँसिम गुज्जरलाई पक्राउ गरेको हो।

गुज्जरलाई नेपाल–भारत सीमाना गुलरियास्थित सुरजपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदन जीत महराले बताए। एकजनालाई भारत लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनले पक्राउ परेका गुज्जरलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी मानव बेचविखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धान भैरहेको बताए।

Published on: 10 June 2019 | Annapurna Post

Back to list

;