s

मानव बेचबिखनमा संलग्न खड्का पक्राउ

Year of Publication: 25 October 2021 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : मानव बेचबिखनमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। डेनमार्क बेल्जियमको होटलमा हेल्पर काममा लगाइदिने बाहानामा बेचबिखन गर्ने बाग्लुङका राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो। 

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरेको हो। खड्कालाई  काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिइ प्रहरीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग द्ववेदीले बताए। 

मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी  प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ ठगी गरेका थिए। कमल बस्नेतसँगै राजेन्द्र खड्काले २२ मे २०१९ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुँदै थाइल्याण्ड र कम्बोडियासम्म पुर्‍याइ थाइल्याण्डमा खड्काको कोठामा १५ दिनसम्म राखी भारतीय प्रतिवादी पर्विन्दर सिंह समेतले यौनशोषण गरेको पीडितको भनाइ छ।

Published on: 25 October 2021 | Annapurna Post

Link

Back to list

;