s
Year of Publication: 27 May 2024 | Annapurna Post
Published by: CESLAM
काठमाडौं : आर्थिक लाभ लिई नाबालिकालाई यौन क्रियाकलापमा लगाउने २ जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ की २५ वर्षीया श्रृजना खनाल तामाङ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ की २६ वर्षीया रमिला नेपाली रहेकी छन्।
जाहेरवालाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी गौतम मिश्रले बताए।
उनका अनुसार पीडितको इच्छा विपरीत दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको खुलेको छ। नाबालिकालाई जवरजस्ती वेश्यावृतिमा लगाएको भन्ने गोप्य सूचनाका आधारमा ब्युरोको टोलीले काठमाडौंको मित्रपार्कबाट पक्राउ गरेको हो। ब्यूरोबाट खटिएको टोलीले पीडित नाबालिकालाई उद्धार गरी सुरक्षित आवासमा राखेको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
Published on: 27 May 2024 | Annapurna Post
GET IN TOUCH