s

नेपाली युवती वाट्स एपमार्फत दिल्लीका दलालको फन्दामा परेपछि...

Year of Publication: 3 October 2019 | Nagarik

Published by: CESLAM

विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ। पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिब एक महिना पहिले वाट्स एपमार्फत कुराकानी गरेर फसाएका थिए। नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए। पीडित किशोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन्। दिल्लीको आनन्द विहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरीसँगै पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए।

त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धी काम गर्ने महिलाहरुलाई सहयोग मागेकी थिइन्। महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ। दलाल नन्दनले यसअघि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर बेच्ने गरेको खुल्न आएको छ। त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ।

सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए। दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ।

Published on: 3 October 2019 | Nagarik

Link

Back to list

;