s
Year of Publication: 1 September 2022 | Setopati
Published by: CESLAM
जनकपुरबाट रेल चढाएर भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई उद्धार गरिएको छ।जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर २३ लादोवेलका २३ वर्षीय दिलमहमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ विल्टाहाका २० वर्षीया रानी भन्ने मुस्कान मण्डलले दुई किशोरीलाई भारततर्फ लैजाँदै थिए।
शंका लागेपछि प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित इनरुवा रेल्वे स्टेसनमा उनीहरुलाई सोधपुछ गरेको थियो। उनीहरूले गोलमटोल जवाफ दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
राम्रो काममा लगाइदिने भनेर किशोरीलाई दिल्लीतर्फ लैजाँदै गरेको अनुसन्धानबाट खुलेको छ।धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार दिल्लीतर्फ लैजान उनीहरूले दुवै किशोरीलाई चार दिनदेखि जनकपुरमा राखेका थिए।उनीहरुमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
GET IN TOUCH