s
Year of Publication: 3 December 2018 | Setopati
Publication Type: NEWS
Published by: CESLAM
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि 'मानव तस्करी'को आरोप लागेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले छानबिन गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गरेर छानबिनको माग गरेको हो।
तत्काल सत्य तथ्य पत्ता लगाइ पीडितलाई न्याय दिन र दोषी माथी कडा कार्बाही गर्न संघले माग गरेको हो । वैदेशिक रोजगारीको नाममा विभिन्न गैर ब्यबसायी तथा बिचौलियाहरुबाट हुने बिकृती रोक्न नेपाल संद्यले पहिलादेखि नै आबाज उठाउँदै आइरहेको थियो । राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप
बिदेशमा रोजगारी दिलाउने नाममा वा बिदेशी भुमिमा अलपत्र पार्ने दुस्खद घटनाहरुले अनावश्यक रूपमा वैदेशिक रोजगार ब्यबसायीहरुले बद्नाम खेप्नु परेको अवस्थामा अष्ट्रेलियामा रोजगार दिलाउने नाममा आफनै सवारी चालक लाई प्रयोग गरि नेपाली राजदुत सम्लग्न रहेको आरोप केही दिन अगाडिदेखि विभिन्न सन्चार माध्यम हरुमा आइरहेको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ, संघद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
Published on: 3 December 2018 | Setopati
GET IN TOUCH